-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं

श्री वैष्णव परिषद् नेपाल एक धार्मिक तथा आध्यात्मिक संस्था हो, जसले नेपालमा श्रीवैष्णव परम्परा, वैदिक संस्कृति र भगवान विष्णु/नारायणप्रतिको भक्तिभावको प्रचार–प्रसार गर्ने कार्य गर्दछ। परिषद्ले धार्मिक प्रवचन, आध्यात्मिक कार्यक्रम, गुरु-परम्पराको सम्मान तथा विभिन्न वैष्णव गतिविधिहरू आयोजना गर्दै समाजमा धर्म, संस्कृति र आध्यात्मिक चेतना फैलाउने काम गर्दै आएको छ।
विश्वभरि छरिएर रहेका नेपाली वैदिक सनातनी श्रीवैष्णवहरूबीच आपसी समन्वय, एकता र सहकार्य कायम गर्दै सम्पूर्ण सनातन धर्मावलम्बीहरूको हित, संरक्षण, संवर्द्धन तथा उत्थानका लागि कार्य गर्ने।
आध्यात्मिक पुस्तक प्रकाशन, दुःख–विपद्मा परेकाहरूको उद्धार, मठ–मन्दिरको सेवा तथा सञ्चालनका साथै कमजोर आर्थिक अवस्था भएका भक्त–भागवत र गौहरूको सेवाका लागि आर्थिक सहयोग गर्न सकिन्छ।
नेपालभरि रहेका सेवाश्रमी मठ–मन्दिर, आचार्य, गौ तथा भक्त–भागवतहरूको सेवामा अन्नदान गर्न सकिन्छ।
जुनसुकै बेला कल गर्नुहोस्:

श्रीवैष्णव परम्परा, धार्मिक तथा सामाजिक सेवाका कार्यहरूमा आफ्नो यथाशक्ति सहयोग गर्नुहोस्।
सहयोग गर्न चाहनुहुन्छ? →QR Code मार्फत सहयोग गर्नुहोस्


श्रीभक्ताङ्घ्रिरेणु आल्वार्, दक्षिणभारतमा विद्यमान कुम्भकोणक्षेत्रको समीपमा रहेको 'मण्डङ्ग...

मुदलाल्वारहरूमा यहाँ, दोस्रो आल्वार् हुनुहुन्छ । ‘भूतयोगी’ यहाँको संस्कृतमा नाम हो


श्रीवैष्णव परिषद् नेपालद्वारा काठमाडौं–९, बत्तीसपुतलीमा निर्माणाधीन श्रीवेदान्तदेशिक धार्मिक पुस्तकालय, केन्द्रीय कार्यालय एवं अतिथि सदन भवनको निर्माण कार्यलाई पूर्ण गर्नका निम्ति यथाशक्ति आर्थिक सहयोग गर्नु हुन देशविदेशमा रहनु भएका सम्पूर्ण आचार्य एवं भक्त भागवतहरूलाई सादर निवेदन गर्दछौं ।
देश तथा विदेशमा रहेका करिब ३ देखि ४ लाख मानिसहरू हाम्रो प्रकाशनबाट लाभान्वित भएका छन्।
धार्मिक पुस्तकालय, केन्द्रीय कार्यालय एवं अतिथि सदन भवनको निर्माण कार्यलाई पूर्ण गर्नका निम्ति
तपाईंको यथाशक्ति आर्थिक सहयोग अनन्तकालसम्म स्मरणीय रहनेछ
वर्षभन्दा बढीको
अनुभव


वर्षभरिका २४ एकादशीहरू भगवान श्रीविष्णुलाई अत्यन्त प्रिय मानिन्छन्। प्रत्येक एकादशीले पापक्षय, पुण्य, मनोकामना सिद्धि, स्वास्थ्य, समृद्धि, पितृशान्ति, भगवानको कृपा तथा अन्ततः मोक्ष प्राप्तिको महत्त्व बोकेको हुन्छ।
उत्पन्ना एकादशी: एकादशी देवीको प्राकट्य भएको दिन।
मोक्षदा एकादशी: पितृ उद्धार र मोक्ष प्राप्तिको लागि अत्यन्त शुभ मानिन्छ।
पुत्रदा एकादशी: सन्तान प्राप्ति तथा सन्तानको कल्याणका लागि विशेष फलदायी।
षट्तिला एकादशी: तिलदान, स्नान तथा दानको विशेष महत्त्व।
श्रीवैष्णव सम्प्रदायका महान् आचार्य श्रीरामानुजाचार्यको जन्मोत्सव हो, जुन चैत्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। यस दिन उहाँको विशिष्टाद्वैत दर्शन, भक्ति, शरणागति र समभावको शिक्षाको स्मरण गरिन्छ। मन्दिरहरूमा विशेष पूजा, अभिषेक, वेदपारायण, दिव्यप्रबन्ध पाठ, प्रवचन तथा प्रसाद वितरण गरी उहाँप्रति श्रद्धा व्यक्त गरिन्छ।
भगवान श्रीमन्नारायणप्रति अटल भक्ति राख्नु।
श्रीमहालक्ष्मीको शरण ग्रहण गर्नु।
आचार्यप्रति पूर्ण श्रद्धा र सेवा गर्नु।
वैष्णवहरूको सम्मान गर्नु।
कुनै वैष्णवको निन्दा नगर्नु।
सत्य, दया र नम्रताको पालन गर्नु।
यस अवसरमा भगवानको विशेष पूजा, अभिषेक, अलङ्कार, विभिन्न वाहनमा नगर परिक्रमा (वाहन सेवा), वेद तथा दिव्यप्रबन्ध पारायण, कीर्तन र भक्तजनहरूको सहभागिताले भगवानप्रति भक्ति, सेवा र शरणागतिको भाव जागृत हुन्छ।
गरुडध्वज आरोहण गरी ब्रह्मोत्सवको शुभारम्भ
भगवानको विशेष अभिषेक, अलङ्कार र आराधना सम्पन्न
भगवानलाई विभिन्न दिव्य वाहनमा विराजमान गराई नगर परिक्रमा
वेदपारायण तथा दिव्यप्रबन्ध पाठ भजन–कीर्तन र प्रवचन
गरुड सेवा तथा रथोत्सव आयोजना
चक्रस्नान तथा ध्वजावरोहणसँगै ब्रह्मोत्सवको समापन
4.9
“श्रीमन्नारायण प्रभु श्रीगोदारंगमन्नार के श्रीचरणों में निवेदन करते हुए यह अपार हर्ष का विषय है कि श्रीमन्नाथ मुनि के द्वारा प्रतिष्ठापित श्रीगोवर्धन पीठपरंपरा में आबद्ध श्रीरंगमन्दिर सॅस्थापक हमारे परम पूज्य बड़े महाराज श्री के द्वारा बीजारोपित श्रीरामानुज-दर्शन -सम्प्रदाय-संरक्षण के पावन वृक्ष का जिस प्रकार उत्तर भारत में व्यापक प्रचार-प्रसार किया गया था, आज नेपाल देश में अनेक आचार्यों ने उसी कैंकर्य को अग्रसर किया है। 'श्रीरामानुजार्य दिव्याज्ञा वर्धतामभिवर्धताम्' के इस दिव्य संकल्प के साथ नेपाल में श्रीवैष्णव परिषद् जिस प्रकार समग्र श्रीवैष्णवों के हित-साधन एवं संवर्धन में अपनी अभिभावकीय भूमिका का निर्वहण कर रही है, वह अत्यंत आनन्ददायी एवं सराहनीय है। श्रीसम्प्रदाय-सम्बद्ध समस्त भागवतों को श्रीभगवान् गोदारंगमन्नार की ओर से अनेकानेक मंगलानुशासन प्रेषित करते हुए उत्तरोत्तर अभिवृद्धि हेतु श्रीचरणों में प्रार्थना करते हैं।”
“नेपाल के समस्त श्रीवैष्णवों को परिषद् मे एकत्रित होकर, श्रीमद् रामानुज स्वामीजी की दिव्याज्ञा एवं उनके सिद्धान्तों के अनुरूप, वैदिक वर्णाश्रम धर्म के जग में श्रीवैष्णव सम्प्रदाय की प्रतिष्ठा, संरक्षण तथा अभिवृद्धि के महान कार्य में समर्पित होने का विनम्र आह्वान करते हैं। श्री वरदराज भगवान् के श्रीचरणों में हमारी यही प्रार्थना एवं मंगलमय निवेदन है कि वे हम सभी को इस दिव्य कार्य में प्रवृत्त होने की शक्ति, सद्बुद्धि एवं भगवत्कृपा प्रदान करें। आप समस्त श्रीवैष्णव भगवद्भक्तों को हमारा हार्दिक शुभ मंगलानुशासन!”


सम्प्रदाय भन्नाले गुरु–शिष्य परम्पराबाट शास्त्रसम्मत रूपमा हस्तान्तरण हुँदै आएको धार्मिक, आध्यात्मिक वा दार्शनिक परम्परालाई बुझिन्छ। यसमा निश्चित सिद्धान्त, उपासना विधि, आचार–विचार र जीवनशैलीलाई अनुशासित रूपमा अनुसरण गरिन्छ।
श्रीवैष्णव सम्प्रदाय भगवान श्रीमन्नारायणलाई परमेश्वर मानी उहाँको भक्ति, शरणागति (प्रपत्ति) र सेवालाई जीवनको मुख्य साधन मान्ने वैदिक परम्परा हो। यस सम्प्रदायलाई भगवत् श्रीरामानुजाचार्यले विशिष्टाद्वैत वेदान्तका आधारमा व्यवस्थित रूपमा स्थापित गर्नुभएको हो।
श्रीरामानुज स्वामी (श्रीरामानुजाचार्य) श्रीवैष्णव सम्प्रदायका महान् आचार्य, दार्शनिक तथा समाज सुधारक हुनुहुन्छ। उहाँको जन्म वि.सं. १०७४ (ई.सं. १०१७) मा भारतको श्रीपेरुम्बुदूर (तमिलनाडु) मा भएको मानिन्छ। उहाँले विशिष्टाद्वैत वेदान्त दर्शनलाई व्यवस्थित रूपमा स्थापित गरी भगवान श्रीमन्नारायणप्रति भक्ति, शरणागति (प्रपत्ति) र सेवाको मार्गलाई व्यापक रूपमा प्रचार–प्रसार गर्नुभयो।

