-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


मुदलाल्वारहरूमा यहाँ, दोस्रो आल्वार् हुनुहुन्छ । ‘भूतयोगी’ यहाँको संस्कृतमा नाम हो
मुदलाल्वार्हरूमा यहाँ, दोस्रो आल्वार् हुनुहुन्छ । 'भूतयोगी' यहाँको संस्कृतमा नाम हो । द्वापरयुगमा तुलामासकै "धनिष्ठा" नक्षत्रमा यहाँको अवतार भएको थियो । “तिरुक्कडल्मल्लै” (महाबलिपुरम्) मा शयनमुद्रामा विराजमान स्थलशयन भगवान्को सन्निधान नै यहाँको अवतारस्थल हो । “इरण्डाम्तिरुवन्दादि” (द्वितीयतिरुवन्दादि) नामक १०० पाशुरहरूले युक्त सुमधुर दिव्यप्रबन्धद्वारा यहाँले भगवान्का दिव्यचरित्रहरूको मङ्गलाशासन गर्नुभएको छ ।।
विभिन्न दिव्यदेशहरूमा विराजमान अर्चावतारहरूको सौन्दर्यलाई र कल्याणगुणहरूलाई समग्ररूपमा आर्द्रहृदयले
यहाँले अनुभव गर्नुभएको छ । आफ्नो हृदयको परिपूर्ण भावलाई नै बत्तीको रूपमा बालेर यहाँले भगवान्लाई समर्पण गर्नुभएको छ । यहाँका उपदेशहरू पनि सुमधुर छन् । भगवान्को श्री कौमोदकीगदाको अंशको रूपमा यहाँलाई ज्ञानीहरूले गौरव गर्नुहुन्छ ।।
यहाँको तिरुनक्षत्रतनियन् -
तुलाघनिष्ठासम्भूतं भूतं कल्लोलमालिनः ।
तीरे फुल्लोत्पले मल्लापुर्यामीडे गदांशजम् ।।
“इरण्डाम्तिरुवन्दादि” (द्वितीयतिरुवन्दादि) नामक १०० पाशुरहरूले युक्त सुमधुर दिव्यप्रबन्धद्वारा यहाँले भगवान्का दिव्यचरितहरूको मङ्गलाशासन गर्नुभएको छ
| जन्मस्थान | महाबलिपुरम् |
| जन्म महिना | कात्तिक |
| जन्म नक्षत्र | Dhanishta |