• श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं

Mahayogi (Peyalvar)

मुदलाल्वारहरूमा यहाँ तेस्रो आल्वार् हुनुहुन्छ । ‘महायोगी’ यहाँको संस्कृतनाम हो

मुदलाल्वार्हरूमा यहाँ तेस्रो आल्वार् हुनुहुन्छ । 'महायोगी' यहाँको संस्कृतनाम हो । चेन्नैनगरको समीपमा 'मैलापुरम्' नामक दिव्यक्षेत्रमा विराजमान, आदिकेशव भगवान्‌को सन्निधिमा द्वापर युगान्तमा यी आल्वार्को अवतार भएको थियो । तुलामासको 'शतभिषा' यहाँको अवतारनक्षत्र हो । पहिला वर्णन गरिएका सरोयोगी र भूतयोगी आल्वार्हरूद्वारा ज्ञानदीप बालेर मङ्गलाशन गरिएका लक्ष्मीविशिष्ट प्रभुलाई र उहाँका आयुध विशेषहरूलाई “तिरुक्कण्डेन् पोन्मेनि कण्डेन्” इत्यादि रसार्द्र द्रविडपाशुरहरूद्वारा आनन्दमा निमग्न भएर उहाँले दर्शन गर्नुभयो । “मून्नाम्तिरुवन्दादि" नामक १०० गाथाको

दिव्यप्रबन्ध यहाँले गाउनुभयो । भगवान्का अवतारहरूका विशेष वर्णन र अनुभवहरू यस प्रबन्धमा रोचकशैलीमा छन् । अतिसरल र मध्रातिमध तमिलभाषामा भगवान्का कल्याणगुण र दिव्यचेष्टाहरूलाई स्वयंले समग्ररूपमा अनुभव गरेर परमात्माको सौलभ्यगुणलाई दर्शाउँदै यहाँले उपदेश प्रदान गरेको शैली विलक्षण छ । यहाँले पनि अनेकौ दिव्यदेशहरूको वैभव गाउँदै मङ्गलाशासन गर्नुभएको छ ।।

यहाँको अवतारतनियन्-

तुलाशतभिषग्जातं मयूरपुरिकैरवात् ।

महान्तं महदाख्यातं वन्दे श्रीनन्दकांशजम् ।।

भगवान्को “नन्दक” नामक खड्गको अंशको रूपमा पूर्वाचार्यहरूले यहाँलाई मान्नुहुन्छ । यी तीनजना आल्वार्हरूले यौटै गोष्ठीमा दर्शन दिनुहुन्छ । परस्पर परिचय विना नै भगवद्गुणानुसन्धानको साथमा लोकमा सञ्चार गर्नुभएका यी तीनजना तत्त्वदर्शी महाभक्तहरूलाई 'तिरुक्कोवलूर्' भन्ने दिव्यदेशमा एकैठाउँमा मिलाएर भगवान्ले यहाँहरूमाथि विशेषरूपले कृपा गर्नुभयो । यी तीनै आल्वार्हरूको यौटै चित्रमा दर्शन मिल्ने गर्दछ ।।।

रचनाहरू

मून्रतिरुवन्दादि” नामक १०० गाथाको वर्णन गर्दै “मुदलतिरुवन्दादि” नामक १०० गाथाले युक्त भएको ग्रन्थलाई गाएर भगवान्को लागि वाङ्मालाको रूपमा र लोकको लागि राम्रो ज्ञानदीपको रूपमा समर्पण

परिचय

जन्मस्थान मैलापुरम्
जन्म महिना कात्तिक
जन्म नक्षत्र Shatabhisha

अन्य आलवारहरू

Go Back Top