• श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं

Thondaradippodi Alvar

श्रीभक्ताङ्घ्रिरेणु आल्वार्, दक्षिणभारतमा विद्यमान कुम्भकोणक्षेत्रको समीपमा रहेको 'मण्डङ्गुडि' नामक दिव्यक्षेत्रमा अवतरित हुनुभएको थियो

श्रीभक्ताङ्घ्रिरेणु आल्वार्, दक्षिणभारतमा विद्यमान कुम्भकोणक्षेत्रको समीपमा रहेको 'मण्डङ्गुडि' नामक दिव्यक्षेत्रमा अवतरित हुनुभएको थियो । धनुर्मासको 'ज्येष्ठा' नक्षत्र उहाँको आविर्भावदिन हो । यहाँले श्रीरङ्गनाथभगवान्लाई बाहेक अन्य अर्चावतारहरूलाई उहाँले गाउनुभएन । श्रीरङ्गनाथकै उहाँ अनन्यभक्त हुनुहुन्थ्यो । उहाँले २ वटा प्रबन्धहरू गाउनुभएको छ । “तिरुमालै” (श्रीमाला) उहाँको पहिलो प्रबन्ध हो । यसमा ४५ पाशुरहरू

छन् । श्रीरङ्गनाथभगवान्‌को स्वरूप-रूप-गुण-वैभवहरूलाई परिपूर्णरूपमा उहाँले यस प्रबन्धमा गाउनुभएको छ । विशेषगरी भगवन्नामको वैभवलाई उहाँले दृष्टान्तहरूको साथमा दृढरूपले प्रतिपादन गर्नुभएको छ । श्रीरामावतारमा, भगवान् रामले सेतुबन्धन गरेको सन्दर्भमा यौटा लोखर्केले आफू, समुद्रको जलमा डुब्की लगाएर बालुवामा लोटपोट गरेर ती बालुवाका रेणुहरूलाई, आफ्नोभाग सेवाको रूपमा सेतुनिर्माणस्थलमा गएर टक्टक्याउने गर्दथ्यो ।।

त्यो वृत्तान्तलाई स्मरण गर्दै श्रीभक्ताङ्घ्रिरेणुआल्वार्ले, "हे श्रीरङ्गनाथ ! त्यही लोखर्केले गरेको सानो सेवा पनि हजुरप्रति मैले गर्न सकिन” भनेर दुःख व्यक्त गर्नुभएको छ यौटा पाशुरमा । त्यो लोखर्केको भक्तिलाई “शलमिला अणिलुम्पोलेयुम्” भनेर अतिसुन्दर ढंगले वर्णन गर्नुभएको छ । तेलुगुभाषामा यसैलाई “उडुताभक्ति” भनेर उखानको रूपमा वर्णन गर्दछन् । अर्थात् “सानो (थोरै) सेवा” भन्ने अर्थमा "लोखर्केभक्ति” भन्ने व्यवहार गरिन्छ ।।

यहाँको दोस्रो प्रबन्ध, “तिरुप्पल्लिएलुच्चि” (सुप्रभातप्रबन्ध) हो । सुमधुर भक्तिभावको साथमा १० गाथाहरूद्वारा श्रीरङ्गनाथ भगवान्को विषयमा यहाँले सुप्रभात गाउनुभएको छ । यहाँ पनि पेरियाल्वार् (श्रीविष्णुचित्तसूरि) ले जस्तै नन्दनवन निर्माण गरेर निष्ठाको साथमा श्रीरङ्गनाथको

लागि तुलसीकैङ्कर्य गर्नुहुन्थ्यो । “तुलसीमृत्य” यहाँले प्रबन्धको अन्तिममा आफ्नो नाम राख्नुभएको छ । श्रीआल्वार्ले “हजुरका दासहरूको चरणधूलिको रूपमा हजुरले मलाई जान्नोस्” भनेर श्रीरङ्गनाथभगवान्‌को सन्निधानमा सविनय विज्ञापन गर्नुभएको छ । भागवतहरूको विषयमा यहाँको अभिनिवेश र आदर अत्यद्भुत थियो । यहाँलाई भगवान्को वनमालांशको रूपमा महापुरुषहरूले भावना गर्नुहुन्छ ।। यहाँको अवतारतनियन्-

कोदण्डे ज्येष्ठनक्षत्रे मण्डङ्गुडिपुरोद्भवम् ।

चोलोव्र्व्या वनमालांशं भक्तपद्रेणुमाश्रये ।।

रचनाहरू

यहाँको दोस्रो प्रबन्ध, “तिरुप्पल्लिएलुच्चि” (सुप्रभातप्रबन्ध) हो । सुमधुर भक्तिभावको साथमा १० गाथाहरूद्वारा श्रीरङ्गनाथ भगवान्को विषयमा यहाँले सुप्रभात गाउनुभएको छ । यहाँ पनि पेरियाल्वार् (श्रीविष्णुचित्तसूरि) ले जस्तै नन्दनवन निर्माण गरेर निष्ठाको साथमा श्रीरङ्गनाथको

परिचय

जन्मस्थान मण्डङ्गुडि
जन्म महिना पुस
जन्म नक्षत्र Jyeshtha

अन्य आलवारहरू

Go Back Top