-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


यहाँलाई नै “सरोयोगी”, “कासारमुनि” भन्ने संस्कृतनामहरूद्वारा व्यवहार गरिन्छ ।
यहाँलाई नै “सरोयोगी”, “कासारमुनि” भन्ने संस्कृतनामहरूद्वारा व्यवहार गरिन्छ । यहाँ, द्वापरयुगमा श्रीकाञ्चीपुरम् क्षेत्रमा यथोक्तकारी भगवान्को सन्निधिको समीपमा यौटा तलाउमा प्रकट हुनुभएको थियो । कुनै एक समयमा द्वापरयुगको अन्तिममा ‘तिरुक्कोवलूर्’ नामक दिव्यदेशमा पृथिवीलाई नै दियो मानेर समुद्रको समग्रजललाई नै घ्यूको भावना गरेर सूर्यलाई बत्तीको भावना गरेर उहाँले भगवान्को मङ्गलाशासन गर्नुभएको थियो । उहाँले सरल एवं सुमधुर तमिलभाषामा भगवान्का अद्भुत अवतारचेष्टाहरूलाई वर्णन गर्दै “मुदलतिरुवन्दादि” नामक १०० गाथाले युक्त भएको ग्रन्थलाई गाएर भगवान्को लागि वाङ्मालाको रूपमा र लोकको लागि राम्रो ज्ञानदीपको रूपमा समर्पण गर्नुभएको थियो । यहाँ, भगवान्को पाञ्चजन्यको अंशको रूपमा तुला (कार्तिक) मासको श्रवणनक्षत्रमा अवतरित हुनुभएको थियो
नक्षत्रतनियन -
तुलायां श्रवणे जातं काञ्च्यां काञ्चनवारिजात् ।
द्वापरे पाञ्चजन्यांशं सरोयोगिनमाश्रये ।।
मुदलतिरुवन्दादि” नामक १०० गाथाले युक्त भएको ग्रन्थलाई गाएर भगवान्को लागि वाङ्मालाको रूपमा र लोकको लागि राम्रो ज्ञानदीपको रूपमा समर्पण
| जन्मस्थान | श्रीकाञ्चीपुरम् |
| जन्म महिना | कात्तिक |
| जन्म नक्षत्र | Shravana |