-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


यी कुलशेखर आल्वार् केरल देशको “तिरुवञ्जिक्कलम्” नामक दिव्यदेशमा राजकुमारको रूपमा अवतरित हुनुभएको थियो । विशिष्ट पराक्रमको साथमा अत्यद्भुत भक्तिभाव पनि उहाँमा थियो ।
यी कुलशेखर आल्वार् केरल देशको “तिरुवञ्जिक्कलम्” नामक दिव्यदेशमा राजकुमारको रूपमा अवतरित हुनुभएको थियो । विशिष्ट पराक्रमको साथमा अत्यद्भुत भक्तिभाव पनि उहाँमा थियो । भागवतोत्तमहरूप्रति उहाँको निष्ठा र आस्था असाधारण थियो । कुम्भमासको 'पुनर्वसु' उहाँको अवतारनक्षत्र हो । श्रीरामचन्द्रप्रभुका चरणारविन्दमा उहाँको आर्ति र अभिनिवेश अतिविलक्षण थियो ।।
“कुलशेखरप्पेरुमाल्” भन्ने नामले उहाँ सुप्रसिद्ध
हुनुभयो । श्रीरङ्गनाथको दर्शन गरौं भन्ने उहाँको दृढ अभिलाषालाई भगवान्ले धेरै नै परिपक्व बनाएर दर्शन दिनुभयो । श्रीरङ्गनाथभगवान्को वैभवको वर्णनसँगै उहाँको दिव्यप्रबन्ध प्रारम्भ भएको छ । "पेरुमाल्तिरुमोलि” उहाँले गाएको दिव्यप्रबन्ध हो । यसमा १०५ गाथा (पाशुर) हरू छन् । १० दिव्य देशहरूको उहाँले मङ्गलाशासन गर्नुभएको छ । यस प्रबन्धका प्रत्येक दर्शकहरू, भक्तिरसले भरिएका छन् । उहाँमा विद्यमान ज्ञान-भक्ति-वैराग्य आदि गुणहरू लोकोत्तर थिए । तिरुमल (वेङ्कटाद्रि) क्षेत्रमा उहाँको भक्तिभाव असदृश थियो । श्रीवेङ्कटाचलमा तिर्यक्-स्थावर कुनै रूपमा पनि भगवान्को पर्वतसँग सम्बन्धित मेरो जन्म होस् भनेर उहाँले “एम्बेरुमान्पोन्मलैमेल् एदेनुमावेने” यस उक्तिद्वारा उक्त भावलाई व्यक्त गर्नुभएको छ ।।
यहाँको अवतार तनियन्-
कुम्भे पुनर्वसौ जातं केरले चोलपट्टणे ।
कौस्तुभांशं धराधीशं कुलशेखरमाश्रये ।।
"पेरुमाल्तिरुमोलि” उहाँले गाएको दिव्यप्रबन्ध हो । यसमा १०५ गाथा (पाशुर) हरू छन् । १० दिव्य देशहरूको उहाँले मङ्गलाशासन गर्नुभएको छ ।
| जन्मस्थान | तिरुवञ्जिक्कलम् |
| जन्म महिना | फागुन |
| जन्म नक्षत्र | Punarvasu |