-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


यहाँको पाण्ड्यदेशान्तर्गत 'श्रीविल्लिपुत्तूर्' क्षेत्रमा अवतार भएको थियो । मिथुनमासको "स्वाति” उहाँको प्रादुर्भावनक्षत्र हो
यहाँको पाण्ड्यदेशान्तर्गत 'श्रीविल्लिपुत्तूर्' क्षेत्रमा अवतार भएको थियो । मिथुनमासको "स्वाति” उहाँको प्रादुर्भावनक्षत्र हो । गुरुमुखतः अध्ययन गर्नुपर्ने आवश्यकता उहाँलाई परेन । उहाँको हृदयमा विराजमान रहेर भगवान्ले समस्त वेदहरूलाई स्फुरित गराइदिनुभयो । अतिसुन्दर नन्दनवन तयार गरेर वटपत्रशायी भगवान्को लागि राम्रा मालाहरू र तुलसी-पुष्प समर्पण गर्नु नै उहाँको नित्यकैङ्कर्य थियो । कृष्णावतारमा मालाकारले प्रभुलाई माला समर्पण गरेको वृत्तान्तलाई स्मरण गरेर उहाँ पनि अर्चावतारमा विराजमान प्रभुको मालाकार बन्नुभयो । स्वप्नमा प्राप्त भएको वटपत्रशायी भगवान्को आदेशलाई अनुसरण गर्दै पाण्ड्यराजाको सभामा गएर उहाँले परतत्त्वनिर्णय गर्नुभएको थियो । त्यहाँ प्राप्त भएको अत्यद्भुत सम्मानको धनराशि प्रभुको सेवामा समर्पण गरिदिनुभएको थियो ।।
यहाँले गाएको १२ गाथात्मक “तिरूप्पल्लाण्डु” प्रबन्धलाई द्राविडवेदको प्रणवको रूपमा पूर्वाचार्यहरूले मान्नुहुन्छ । यो मङ्गलाशासनप्रबन्ध हो । भगवान्को मङ्गलाशासन गर्नमा सबै आल्वार्हरूभन्दा पनि अग्रेसर भएको हुनाले यहाँलाई “पेरियाल्वार्” (ठूलो आल्वार्) भन्ने सार्थक नामद्वारा शिष्टहरूले सम्मान गर्नुभएको छ । यहाँको दोस्रो दिव्यप्रबन्ध, “पेरियाल्वार्तिरुमोलि” हो । यसमा ४६१ पाशुर (छन्दोबद्ध गाथा) हरू छन् । श्रीकृष्णभगवान्का बाल्यलीलाहरूलाई, आफू यशोदाजीको भावमा रहेर समग्ररूपमा रसपूर्ण हृदयले यहाँले अनुभव गरेको
शैली नै अतिविलक्षण छ । श्रीकृष्णपरमात्माको विषयमा वात्सल्यभावले आप्लावित भएको यहाँ (श्रीविष्णुचित्तसूरि) को मधुरवाङ्मय, अनेकौं भक्त कविहरूका लागि मार्गदर्शक बन्न गयो । यहाँकै पुत्रिकारत्नका रूपमा तुलसीवाटिकामा भूदेवीको अंशको रूपमा श्रीगोदादेवी, बालिकाको रूपमा प्रकट हुनुभएको थियो । यहाँकै मधुरभक्ति, गोदादेवीमा पनि परिपूर्णरूपमा सङ्क्रान्त भएको थियो । यहाँले पनि धेरै दिव्यदेशहरूको मङ्गलाशासन गर्नुभएको छ । “भट्टनाथ”, विष्णुचित्त, "पेरियाल्वार्" यी सबै यहाँका नामहरू हुन् ।।
यहाँको अवतारतनियन्-
मिथुने स्वातिजं विष्णो रथांशं धन्विनःपुरे ।
प्रपद्ये श्वशुरं विष्णोर्विष्णुचित्तं पुरश्शिखम् ।।
अतिसुन्दर नन्दनवन तयार गरेर वटपत्रशायी भगवान्को लागि राम्रा मालाहरू र तुलसी-पुष्प समर्पण गर्नु नै उहाँको नित्यकैङ्कर्य थियो । यहाँले गाएको १२ गाथात्मक “तिरूप्पल्लाण्डु” प्रबन्धलाई द्राविडवेदको प्रणवको रूपमा पूर्वाचार्यहरूले मान्नुहुन्छ ।
| जन्मस्थान | श्रीविल्लिपुत्तूर् |
| जन्म महिना | असार |
| जन्म नक्षत्र | Swati |