-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


श्री नम्माझ्वार (Sri Nammazhwar) यहाँलाई हिन्दू धर्मको वैष्णव सम्प्रदाय अन्तर्गत दक्षिण भारतका १२ प्रसिद्ध आल्वार सन्तहरू मध्ये सबैभन्दा प्रमुख र महान् मानिन्छ ।
श्री नम्माझ्वार (Sri Nammazhwar) हिन्दू धर्मको वैष्णव सम्प्रदाय अन्तर्गत दक्षिण भारतका १२ प्रसिद्ध आल्वार सन्तहरू मध्ये सबैभन्दा प्रमुख र महान् मानिन्छ। तमिल भाषामा रचिएको उहाँको दिव्य उपदेश र भजनहरूलाई "तमिल वेद" को रूपमा सम्मान गरिन्छ।
१. जन्म र बाल्यकाल
श्री नम्माझ्वारको जन्म दक्षिण भारतको तमिलनाडुस्थित तिरु कुरुगुर (वर्तमान नाम: आल्वारतिरुनागरी) मा भएको थियो। पौराणिक मान्यता अनुसार उहाँको जन्म कलियुगको सुरुवात (ईसापूर्व ३१०२) मा भएको मानिन्छ भने आधुनिक इतिहासकारहरूले उहाँलाई सातौँ वा आठौँ शताब्दीको आसपास राख्दछन्। उहाँका पिताको नाम कारी र माताको नाम उदयनंगै थियो। उहाँहरू लामो समयसम्म निन्तान भएकाले भगवान नारायणको प्रार्थना गरेपछि दिव्य बालकको जन्म भएको थियो। उहाँ भगवान विष्णुका सेनापति विश्वक्सेनको अवतार मानिन्छ।
२. अलौकिक बालक र चिन्तन
जन्मनासाथ श्री नम्माझ्वार अन्य साधारण शिशुभन्दा पूर्ण रूपमा फरक हुनुहुन्थ्यो:
उहाँ जन्मेपछि न कहिल्यै रुनुभयो, न आँखा खोल्नुभयो, न त आमाको दूध नै पिउनुभयो।
धार्मिक मान्यता अनुसार सामान्यतया शिशु जन्मिँदा 'शठ' नामको वायुले पूर्वजन्मको ज्ञान भुलाउँछ, तर उहाँलाई यसले छुन सकेन। त्यसैले उहाँको एउटा नाम शठकोप (Sadagopan) पनि रहन गयो।
बालकको यस्तो अवस्था देखेर चिन्तित मातापिताले उहाँलाई स्थानीय आदिनाथ मन्दिरमा भगवानको शरणमा छोडिदिनुभयो।
मन्दिर परिसरमा रहेको एउटा इमलीको रूख (उहाँलाई आदिशेषको अवतार मानिन्छ) को टोड्कामा पसेर उहाँ १६ वर्षसम्म बिना अन्न-पानी, पद्मासनमा गहिरो ध्यान (समाधि) मा लीन रहनुभएको थियो। उहाँको अलौकिक स्वभावका कारण उहाँलाई मारन (Maran) नाम पनि दिइएको थियो।
३. मधुरकवि आल्वारसँगको भेट
नम्माझ्वार १६ वर्षको हुँदा उत्तर भारतको तीर्थयात्रामा रहनु भयेका एक विद्वान ब्राह्मण मधुरकविले आकाशमा दक्षिण दिशातर्फ एउटा अद्भुत र चम्किलो ज्योति देख्नुभयो। त्यो ज्योतिको पिछा गर्दै जाँदा उहा तिरु कुरुगुरको इमलीको रूखमुनि ध्यानमग्न नम्माझ्वार कहाँ आइपुग्नु भयो।
श्रीस्वामीजी मौन रहनु भयेकोले उनलाई परीक्षा लिन मधुरकवि स्वामीजीले एउटा दार्शनिक प्रश्न शोधनुभयो:
"यदि मृत शरीरमा सूक्ष्म जीव (आत्मा) पैदा भयो भने, त्यसले के खान्छ र कहाँ बस्छ?"
१६ वर्षदेखि मौन रहनुभयेको श्रीस्वामीजीले पहिलो पटक आँखा खोलेर उत्तर दिनुभयो:
"त्यसले त्यही मृत (संसारको नश्वरता) लाई खान्छ र त्यहीँ बस्छ।"
(यसको अर्थ थियो: यदि आत्माले ईश्वर चिन्न सकेन भने त्यो प्रकृति र सांसारिक सुख-दुःखमै अल्झिएर जन्म-मरणको चक्रमा फसिरहन्छ)।
यो सटीक उत्तर सुनेर मधुरकवि स्वामीजी प्रभावित भैई उहाँलाई आफ्नो गुरु स्विकारनुभयो।
४. मुख्य रचनाहरू (तमिल वेद)
श्री नम्माझ्वारले समाधिबाट ब्युँझिएपछि भगवान विष्णुको भक्तिमा लीन भएर अनेकौँ दिव्य भजनहरू गाएर, जसलाई मधुरकविले लिपिबद्ध गर्नुभएको थियो। उहाँका चारवटा प्रमुख कृतिहरूलाई चार वेदको सार मानिन्छ:
तिरुविरुत्तम (Thiruviruttam): ऋग्वेदको सार (१०० पद)
तिरुवासिरियम (Thiruvaasiriam): यजुर्वेदको सार (७ पद)
पेरिय तिरुवन्दादी (Periya Thiruvanthadi): अथर्ववेदको सार (८७ पद)
तिरुवायमोली (Thiruvaimozhi): सामवेदको सार (१,१०२ पद) — यो वैष्णव सम्प्रदायको सबैभन्दा पवित्र ग्रन्थ मानिन्छ।
५. महाप्रयाण र महत्व
श्री नम्माझ्वार ३२ वा ३५ वर्षको अल्पायुमै भगवान विष्णुको दिव्य धाम (वैकुण्ठ) प्रस्थान गर्नुभयो। वैष्णव परम्परा (विशेष गरी श्रीवैष्णव सम्प्रदाय) मा उहाँलाई सबै आल्वारहरूको 'अंग' (मुख्य शरीर) र अन्य सन्तहरूलाई अंगको भाग मानिन्छ। मन्दिरहरूमा भगवानको चरणको रूपमा राखिने पवित्र 'शठारी' (Sathari) श्रीस्वामीजी नम्माझ्वारको प्रतीक हो, जसलाई भक्तहरूको शिरमा राखेर आशीर्वाद दिइन्छ।
श्री नम्माझ्वारले समाधिबाट ब्युँझिएपछि भगवान विष्णुको भक्तिमा लीन भएर अनेकौँ दिव्य भजनहरू गाएर, जसलाई मधुरकविले लिपिबद्ध गर्नुभएको थियो। उहाँका चारवटा प्रमुख कृतिहरूलाई चार वेदको सार मानिन्छ: तिरुविरुत्तम (Thiruviruttam): ऋग्वेदको सार (१०० पद) तिरुवासिरियम (Thiruvaasiriam): यजुर्वेदको सार (७ पद) पेरिय तिरुवन्दादी (Periya Thiruvanthadi): अथर्ववेदको सार (८७ पद) तिरुवायमोली (Thiruvaimozhi): सामवेदको सार (१,१०२ पद) — यो वैष्णव सम्प्रदायको सबैभन्दा पवित्र ग्रन्थ मानिन्छ।
| काल | कलियुगको सुरुवात (ईसापूर्व ३१०२) |
| जन्मस्थान | आल्वारतिरुनागरी |
| जन्म महिना | वैशाख |
| जन्म तिथि | Chaturti |
| जन्म नक्षत्र | Vishakha |