• श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं

Madhurakavi Alvar

यहाँ, पाण्ड्यदेशमा विद्यमान "तिरुक्कोलूर्” नामक दिव्यदेशमा वकुलभूषणभास्करोदयको अगाडि समुपस्थित हुने अरुणोदयको रूपमा अर्थात् श्रीशठकोपसूरिभन्दा पहिले नै मेषमासको “चित्रा" नक्षत्रमा प्रकट हुनुभएको थियो

यहाँ, पाण्ड्यदेशमा विद्यमान "तिरुक्कोलूर्” नामक दिव्यदेशमा वकुलभूषणभास्करोदयको अगाडि समुपस्थित हुने अरुणोदयको रूपमा अर्थात् श्रीशठकोपसूरिभन्दा पहिले नै मेषमासको “चित्रा" नक्षत्रमा प्रकट हुनुभएको थियो । कुमुदगणको अंशको रूपमा यहाँलाई महापुरुषहरूले मान्नु भएको छ । उत्तरभारतमा विद्यमान दिव्यक्षेत्रहरूको दर्शन गर्दै यात्राको रूपमा प्रस्थान गर्नुभएका श्रीमधुरकविले, अपूर्व तेजःपुञ्जको रूपमा दर्शन दिनुभएका श्रीशठकोपसूरिलाई अनुसरण गर्दै दक्षिणभारतको ताम्रपर्णी नदीको तीरमा विराजमान कुरुकापुरीमा दर्शन पाउनुभयो । समाधिदशामा रहनुभएका श्रीशठकोपसूरिलाई विनयभावले प्रणाम गरेर उहाँको शिष्य बनेर दिव्यप्रबन्धहरूलाई उहाँबाट उपदेशको रूपमा प्राप्त गर्नुभयो ।।

आफ्ना आचार्य श्री नम्माल्वार्का गुणहरूले गर्दा परवश भएर उहाँको विषयमा “कण्णिनुशिरुत्ताम्बु” नामक अतिमधुर, आकारमा सानो दिव्यप्रबन्ध उहाँले गाउनुभयो । श्रीशठकोपसूरिको विषयमा यहाँलाई प्राप्त भएको आचार्यनिष्ठा, कालान्तरमा महनीय पूर्वाचार्यहरूका लागि आदर्शको रूपमा शिरोधार्य हुनगयो । ११ गाथाले युक्त यो सानो दिव्यप्रबन्धको अनुष्ठानद्वारा नै केही हजारवर्षपछि श्रीमन्नाथमुनि स्वामीजीले, श्रीशठकोपसूरिलाई साक्षात्कार गरेर उहाँको कृपाद्वारा समग्र नालायिर (चारहजार गाथाले युक्त) दिव्यप्रबन्धलाई उपदेशको रूपमा प्राप्त गर्नुभएको थियो ।।

अद्भुत यस "कण्णिनशिरुत्ताम्बु" प्रबन्धमाथि ५ जना पूर्वाचार्यहरूले प्रामाणिक र रसपूर्ण व्याख्याहरूको रचना गर्नुभएको छ । “गुरुं प्रकाशयेद्धीमान्” यो प्रसिद्ध श्रीसूक्तिलाई परिपूर्णरूपमा चरितार्थ गर्नुभएको थियो श्रीमधुरकविआल्वार्ले । उहाँको दिव्यप्रबन्ध "कण्णिनुण्शिरुत्ताम्बु"लाई परिपूर्णरूपमा विश्वास गरेर अनुसन्धान गर्ने व्यक्तिहरूका लागि श्रीवैकुण्ठ नै नित्य निवासस्थान हो भनेर प्रबन्धमा फलश्रुति बताइएको छ ।।

यहाँको तिरुनक्षत्रतनियन्-

मेषे चित्तासमुद्भूतं पाण्ड्यदेशे गणांशजम् ।

श्रीपराङ्कुशसद्भक्तं मधुरं कविमाश्रये ।।

रचनाहरू

“कण्णिनुशिरुत्ताम्बु” नामक अतिमधुर, आकारमा सानो दिव्यप्रबन्ध उहाँले गाउनुभयो ।

परिचय

जन्मस्थान तिरुक्कोलूर्
जन्म महिना वैशाख
जन्म नक्षत्र Chitra

अन्य आलवारहरू

Go Back Top